बैंकिङ कसूर मुद्दा परी फरार भएको घिमिरे पक्राउ

काठमाडौं । भदौ ४, बैकिङ कसुर मुद्दाका फरार बेनी नगरपालिका बस्ने २९ वर्षीया शोभा घिमिरेलाई म्याग्दीमा पक्राउ परेकी छिन।
जिल्ला अदालत म्याग्दीको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ महिना कैद र ७ लाख ७४ हजार ५ सय ४८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको बताईएको छ ।