मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व मनाउँदै

बाँके । भदौ ४, मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व आजबाट मनाउन थालेका छन् ।
इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
यस वर्ष पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको छ । ती समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।