मोटरसाईकल दुर्घटनाः २ जनाको मृत्यु

महोत्तरी । भदौ ७, महोत्तरीमा २ वटा मोटरसाईकल आपसमा ठोक्कीदा एकजना चालकको मृत्यु भएको छ।
सोनमा गाउँपालिका रघुनाथपुरस्थित सडकमा नेपाली र भारतीय नम्बर प्लेटको मोटरसाइकल एक आपसमा ठक्कर खादाँ भारतीय नम्बर प्लेटका चालक उदयकुमार यादवको मृत्यू भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै उदयपुरमा मोटरसाईकलको ठक्करले पैदल यात्रुको निधन भएको छ। बेलका नगरपालिका गलेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय राम बहादुर श्रेष्ठको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएको उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।