भोलिदेखि तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ ८, तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

त्यस्तै कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

 

प्रकाशित : 24 August, 2021

प्रतिक्रिया दिनुहोस्