कोरोना अपडेटः २ हजार ५२५ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ ८, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ९०९ जनाको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

 

प्रकाशित : 24 August, 2021

प्रतिक्रिया दिनुहोस्