अबदेखि फेसबुकबाटै भिडियो कल गर्न मिल्ने, मेसेन्जर नचाहिने

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, लकडाउनका कारण भिडियो कन्फ्रेन्सिङका लागि सुरुमा जुमले अत्यधिक लोकप्रियता पायो र पछि माइक्रोसफ्ट टिम्स, गुगल मीट जस्ता एपहरु पनि विभिन्न फिचरहरुका साथ लञ्च भए ।

साथै भिडियो कलिङको उच्च मागलाई ध्यानमा राख्दै फेसबुक लगायतका सोसल मिडिया कम्पनीहरुले पनि आफ्ना मेसेजिङ तथा कलिङ एपहरुमा एकपछि अर्को गर्दै नयाँ–नयाँ फिचरहरु थप गर्दै लगेका छन् ।

अब कम्पनीले फेसबुकको मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल गर्न सकिने सुविधा दिने भएको छ । अर्थात् अब भिडियो कल तथा भ्वाइस कल गर्नका लागि तपाईंले मेसेन्जर डाउनलोड गरिरहनु पर्नेछैन ।

फेसबुकका प्रवक्ताले चाहिं फेसबुकको मुख्य एपमा भिडियो तथा अडियो कलिङको सुविधा थप हुन लागेको भए तापनि धेरै खाले फिचर्सका लागि प्रयोगकर्ताले मेसेन्जर एप नै प्रयोग गर्नुपर्ने बताएका छन् । फेसबुकको मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचरको पुनरागमन हुने पक्कापक्की भए पनि एकिन मिति चाहिं खुलासा भएको छैन । एजेन्सीको सहयोगमा

प्रकाशित : 25 August, 2021

प्रतिक्रिया दिनुहोस्