“मलाई छोडि उनलाई रोज्यौ”

सहयात्रा टिभी

काठमाडौं । भदौ ९,

के फरक थियो उनी र म मा
मलाई छोडि उनलाई रोज्यौ
चोखो माया मनको कुना
ढुकाएर उनलाई रोज्यौ।।

आशा थियोे तिमि बाट
लत्याएर उनलाई रोज्यौ
विश्वासका पानाहरु
च्यातिएर उनलाई रोज्यौ।।

हजारौंमा खास थियौं
तर पनि उनलाई रोज्यौ
तिमी भएरै म हाँसेकि थिएँ
तर पनि उनलाई रोज्यौ।।

सक्दिनँ थिएँ एकपल बाँच्न
म रुँदा रुँदै उनलाई रोज्यौ
सास जान लाग्दा पनि
हाँसि हाँसि उनलाई रोज्यौ।।

चलचित्रको कहानी बनाई
आँखै अगाडि उनलाई रोज्यौ
म हराउँदै छु छिट्टै तिमिबाट
खुसिका लागि त उनलाई रोज्यौ।।

जाउ अब खुसी साथ जिउनु
त्यसैले त उनलाई रोज्यौ
म चाहन्थे तिम्रै खुसी
त्यसैले त उनलाई रोज्यौ।।

–मन्जु सिवाकोटी

 

प्रकाशित : 25 August, 2021

प्रतिक्रिया दिनुहोस्