अविरल वर्षापछि नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । भदौ १४, अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ।

त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले बताए।

पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेका छन्।

सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।

प्रकाशित : 30 August, 2021

प्रतिक्रिया दिनुहोस्