महामारीका कारण पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौँ भदौ १८, कोरोनाको नयाँ भेरियन्टले जोखिम बढाएसँगै गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायतका देवालयहरुमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको थियो ।
निर्देशक खतिवडाले भन्नुभयो, ‘ठ्याक्कै मिति त तोकिसकिएको छैन, तर केही दिनमै खोल्ने गरी तयारी भने गरिएको छ । सम्भवतः हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज अगावै खोल्न सकिन्छ होला ।
मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि परामर्श गरिसकिएको छ
मूल मन्दिरमा रोक लगाए पनि साउनको सोमबारलगायतका दिन भक्तजनहरु पशुपतिनाथ परिसरमा भेला भएर आराध्यदेवप्रतिको आफ्नो आस्था प्रकट गरेका थिए ।
पशुपतिनाथका साथै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि लामो समयदेखि बन्द अवस्थामा छन् । खुला गर्दा पनि भौतिक दूरीलगायतका स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न लगाइने छ ।
कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि विसं २०७६ चैतमा भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर दश महिनापछि २०७७ साल पुस १ गते खोलिएको थियो भने दोस्रो पटकको लकडाउनमा बन्द रहेको मन्दिर पाँच महिनापछि खोल्न लागिएको हो ।
लामो समय मन्दिर बन्द रहँदा पूजाआजामार्फत् संकलन हुने करोडौंको रकम उठ्न सकेको छैन । जसबाट कोषको आम्दानीमा प्रत्यक्ष असर पुगेको छ ।