गिद्ध गणना आजदेखि

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा विभिन्न स्थानमा गिद्ध गणना र संरक्षण अभियानका साथ मनाइँदैछ ।

गिद्ध संरक्षणलाई थप प्रभावकारी बनाउन आजदेखि नवलपरासीसहित देशका विभिन्न स्थानमा पक्षी संरक्षण सङ्घ, हिमाली प्रकृति सङ्घ, नेपाल पक्षीविद् सङ्घलगायतको सक्रियतामा गणना हुन लागेको हो । नेपालसहित दक्षिण एसियामा गिद्धको सङ्ख्या तीव्र रूपमा लोपहुँदै गएको छ ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घमा सूचीकृतमध्ये नेपालमा पाइने पाँच प्रजातिका गिद्ध अति सङ्कटापन्नमा सूचीकृत छन् । जसमा डङ्गर गिद्ध, खैरो गिद्ध, लामो ठुँडे गिद्ध, सुन गिद्ध र सेतो गिद्ध रहेका छन् । अन्य तीनवटा गिद्ध खतराको नजिकको सूचीमा रहेका छन् । जसमा हिमाली गिद्ध, राज गिद्ध र हाडफोर गिद्ध रहेका छन् ।

सन् १९९० बाट नेपालमा गिद्धको सङ्ख्या तीव्र रूपमा घट्दै गएकोमा सन् २००० आसपास आइपुग्दा भएकामध्ये करिब ९५ प्रतिशत गिद्ध घटेको पाइएको पक्षीविद् डा. तुलसी सुवेदीले जानकारी दिनुभयो ।

संरक्षणकारी उपाय अपनाउँदा अपनाउँदै पनि अहिले नेपालमा १० हजार हाराहारीमात्र गिद्ध पाइन्छ । नौ प्रजातिका गिद्धमध्ये सानो खैरो गिद्धको सङ्ख्या ५० वटा मात्रै रहेको छ ।

प्रकाशित : 4 September, 2021

प्रतिक्रिया दिनुहोस्