सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २०, आजको बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा छ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११९५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२३० कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित : 5 September, 2021

प्रतिक्रिया दिनुहोस्