कृषकहरु मुलाखेतीमा आकर्षित

पाँचथर । भदौ २२, पाँचथरका कृषकहरु मुलाखेतीतर्फ आकर्षित भएका छन् ।
त्यस्तै खेती लगाएको दुई महिनामै उत्पादन हुने र राम्रो मूल्य पाउने भएपछि मुला खेती गर्ने कृषकको संख्यामा वृद्धि भएको हो ।
जिल्लाको फिदिम नगरपालिकाको पौवाभञ्याङ, रानीटार र फाल्गुनन्द गाँउपालिकाको पौवासारतापमा मुलाखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ । मुला खेतीबाट २ महिनामै ५० हजारदेखी ५ लाख रुपैयासम्म आम्दानी हुने गरेको पनि कृषकहरुले बताएका छन् ।