केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तरकारीमा खुद्रा व्यापारीको चरम कालोबजारी, खुद्रा व्यापारीले ५० प्रतिशतसम्म गरे मूल्यबृद्धि

सहयात्रा टिभी

काठमाडौं । यतिवेला बजारमा तरकारीको भाउको मुल्य आकाशिएको छ । यो कुनै कारण परिस्थितिले बढेको भने होईन, खुद्रा व्यापारीले आफूखुसी बढाएका छन् । खुद्रा व्यापारीले तरकारीको मूल्यमा कालोबजारी गरिरहेका छन् । तर सरकार भनौ वा सम्वन्धित निकाय मुखदर्शक वनेर बसीरहेको छ । यसमा सरकारले अनुगमनसमेत गरेको छैन । उपभोक्ता भने ठगिरहेका छन् । खुद्रा व्यापारीहरूले तरकारीको भाउ आफूखुसी ५० प्रतिशतसम्म मूल्य बढाएका छन् । कानुनतः खरिद मूल्यमा २० प्रतिशतभन्दा बढीमा बिक्री गरिए त्यसलाई कालोबजारी मानिन्छ । तर खुद्रा व्यापारीले कतिपय तरकारीमा शतप्रतिशतसम्म मूल्य वृद्धि गरी उपभोक्ता ठगिरहेका छन् ।

साउन ३१ मा लागू भएको थोकमा मुल्य भन्दा अहिले मूल्य घटिसकेको छ तर खुद्रा व्यापारीले आफूखुसी बढाएर विक्रि गरिरहेका छन् । कालीमाटी थोक बजारमा अहिले दैनिक ६ सय मेट्रिक टन तरकारी आपूर्ति भइरहेको छ । आपूर्ति बढेसँगै थोकमा मूल्य घट्ने क्रम सुरु भएको छ । कालिमाटी थोक बजारमा मंगलबार गोलभेंडा किलोको ४० रुपैयाँमा बिक्री भयो । तर त्यही गोलभेंडा खुद्रा व्यापारीले किलोको ८० रुपैयाँमा बिक्री गरिरहेका छन् । त्यस्तै थोकमा ३१ रुपैयाँ रहेको रातो आलु खुद्रामा ५५ र २९ रहेको सेतो आलु खुद्रामा ४५ रुपैयाँमा बिक्री भइरहेको छ । यसैगरी, थोकमा ४६ पर्ने प्याज खुद्रामा ६५, २६ को बन्दा खुद्रामा ५०, ७८ को काउली खुद्रामा ९५, ३८ को भन्टा खुद्रामा ४५ र ८२ को बोडी खुद्रामा एक सय १० रुपैयाँमा बिक्री भएको छ । यस्तै ५८ को परबर एक सय १५, ७२ जाने भिन्डी एक सय १० र ५२ पर्ने घिरौलालाई खुद्रा व्यवसायीले १०० रुपैयाँमा बिक्री गरिहेका छन् । तर सम्वन्धित निकाय भने मुखदर्शक बनिरहेको छ भने आम सर्वसाधरण मारमा परेका छन् ।

प्रकाशित : 30 August, 2017

प्रतिक्रिया दिनुहोस्