पानीपुरीमा पिसाब मिसाएर बेचेपछि पुरीवाला पक्राउ

काठमाडौं । भदौ २३, अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । भाइरल बन्नुको कारण एक पानी पुरीवालाले पानीपुरीमा हालेर खाने अमिलो, पिरोयुक्त स्वादिलो पानीमा पिसाब मिसाएका पाइयो ।
उनको यो नराम्रो हर्कतको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि भिडियो भाइरल बन्न पुगेको हो।
सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो भारतको गुवाहाटीस्थित अठगाउँको हो । जहाँ उनी सडक किनारमा नियमित पानीपुरी बेच्दै आएका थिए । तर उनले गर्ने हर्कतबारे कसैलाई थाहा थिएन । यस्तैमा एक व्यक्तिले उनको भिडियो खिचेर उनको यर्थाथता बाहिर निकाले ।
गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बनेपछि धेरैले उनीप्रति आक्रोश व्यक्त गरेका छन् । भिडियो भाइरल बनेपछि उनको घिनलाग्दो हर्कतका विरुद्ध प्रहरीले कदम चालेको छ । उनलाई पक्राउ गरी कारबाहि प्रकृया अघि बढाइएको छ ।