पशुपतिनाथ मन्दिर आजबाट खुल्ला

काठमाडौं । भदौ २५, पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ ।
कोरोना महामारीको दोस्रो लरहसँगै साढे चार महिना बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको हो ।
पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।