ओलाङ्चुङगोलामा बीओपी भवन निर्माणको अन्तिम चरणमा

सहयात्रा टिभी

फुङ्लिङ । भदौ २८, चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलाको मौवाटारमा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा अवस्थित सो बीओपी गत वर्ष स्थापना गरिएको थियो । हिमालयन कन्स्ट्रक्सनले अहिले कार्यालय भवनलगायतका संरचना निर्माण गर्दै आएको छ । गत जेठ दोस्रो साता भ्याटसहित करिब रु ९८ लाख बजेटमा योजना सम्झौता गरी संचरना निर्माण गर्दै आएको निर्माण कम्पनीले बताएको छ ।

त्यसैगरी आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी योजना सम्झौता गरेर काम सुरु गरेको र हाल अन्तिम चरणमा पुगेको निर्माण कम्पनी प्रमुख इन्द्र केदेमले बताएए ।

बीओपी स्थापना गरिएको ठाउँ मौवाटार चार हजार २०० मिटरको उचाइमा अवस्थित छ । मौवाटार ओलाङ्चुङगोला बस्तीदेखि १२ किलोमिटर दूरीमा उत्तरतर्फ पर्दछ भने त्यहाँदेखि तिब्बतसँग सिमाना टिपताला भञ्ज्याङ (पाँच हजार २०० मिटर उचाइ) पनि करिव १२ किमीकै दूरीमा पर्दछ ।

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्