सुनको मुल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, सुनको मुल्य बजारमा बढ्दै गएको छ । घट्ने भन्दा बढने क्रम बढि मात्रामा छ ।

अघिल्लो बर्ष भन्दा यो बर्ष धेरै बढेको पाइन्छ । अघिल्लो बर्षमा धेरै बढेको थियो भने् यो बर्ष घटिरहेको छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो चाँदी भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्