१६ वटा चोरीको मोटरसाइकलसहित छ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीले चोरीका मोटरसाइकलसहित जिल्लाको मध्यविन्दु नगरपालिका–१० का २९ वर्षीय मुकेश थापा, सोही ठाउँका ३३ वर्षीय दिलबहादुर सोती, विनयी त्रिवेणी गाउँपालिका–२ का ३० वर्षीय गङ्गाबहादुर मगर, विनयी त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय प्रेमबहादुर पररियार, सोही स्थानका २० वर्षीय मिलन थापा र पाल्पाको निस्दी गाउँपालिका–७ का २५ वर्षीय खेमबहादुर सारुलाई पक्राउ गरेको छ ।

प्रहरीले बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने प्रक्रिया सुरु गरेको छ । चोरीका मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २० को चोरीसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ ।

 

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्