मुग्लिन–नौबिसे सडक खुल्यो

काठमाडौं । भदौ ३०, पहिरोको कारणले गर्दा बन्द अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।
गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।