आज निगमको जहाज खोप लिन चीन जाँदै

काठमाडौं । भदौ ३१, कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै छ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ ५ः ४५ बजे बेइजिङ तर्फ जानेछ।
त्यस्तै भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।