प्रतिबन्धित हाब्रे (रेड पाण्डा)को छालासहित एक युवक पक्राउ

जाजरकोट । असोज ०४, प्रतिबन्धित हाब्रे (रेड पाण्डा) को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।
रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका– ५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले जनाए । पक्राउ परेका परियारलाई थप अनुसन्धान जारी रहेको बताएको छ ।