लोकसेवाले नतिजा सार्वजनिक नगरेको भन्दै परीक्षार्थीहरू आन्दोलित

सहयात्रा टिभी

काठमाडौं । असोज ०४, लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

त्यस्तै सोमबार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा को प्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताए।

प्रकाशित : 20 September, 2021

प्रतिक्रिया दिनुहोस्