बाल अधिकार

काठमाडौं । असोज ०४,
सबै जना कुरा गरौं बाल अधिकारको
काम लाग्ने कुरा नै हो नमानेर झर्को ।
बालवालिकाले पाउने बाल अधिकार
आमा बाले दिलाउँने गच्छे अनुसार ।
मुख्य कुरा पढ्न पाउने खान लाउन पाउने
राम्रो स्वास्थ्य, मनको कुरा ब्यक्त गर्न पाउने ।
नडराई सुरक्षित भई बाँच्न पाउँनु पर्छ
यिनै कुरा जस्ले पायो उस्लाई फाईदा गर्छ ।
के बालक के बालिका दुबै बराबरी
बाल अधिकार पाउने छन है भागीदारी ।
यदि सानै उमेरमा बाल हक पाए
कुरा सुन्नुस हजुर बालवालिका रमाए ।
बाल अधिकार दिन सरकार , समाज हामी
मन फुकाई अघि बढौ केहि डर नमानी ।
संबिधान र बाल कानुनमै लेखिएको कुरा
बालवालिकाले पाउने बाल हक पुरा ।
पाउनेले त पाएका छन् बाल हक हेर
नपाउने लाई पनी ल है हक दिउ यति खेर ।
जन्मे पछि बालकले बाल हक पाई
आफ्नो जिवन सुन्दर पार्छन तिनले रमाई ।
त्यसैले त हामी सबै अब सजग बनौं
बालवालिकालाई बाल हक चाहिन्छ सबैले भनौं ।।
रचनाः सुशील आचार्य
तारकेश्र्वर नगरपालिका वडा नं–५, गोलढुंगा