चट्याङ लागेर एकको मृत्यु
सहयात्रा टिभी
बागलुङ । असोज ०५, बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर सोमबार बेलुकी ६० वर्षका मुमबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले बताए ।
