डुम्रे–लमजुङ सडकखण्ड पहिरोले अवरुद्ध

सहयात्रा टिभी

तनहुँ । असोज ०५, तनहुँ जिल्लाको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

सोमबार राति परेको पानीका कारण भानुनगरपालिका–८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

माथिबाट पहिरो र रुख एकैसाथ खस्दा सडक अवरुद्ध भएकाले पन्छाउनका लागि सडक डिभिजन कार्यालयको डोजर र टिपर मगाइएको पुर्कोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षण कबिन्द्र गुरुङले बताए ।

बिहानैदेखि पहिरो पन्छाउनका लागि डोजर र टिपर पठाइदिन फोन गरे पनि फोन नउठेकाले ढिलाइ भएको उनले जनाए।

प्रकाशित : 21 September, 2021

प्रतिक्रिया दिनुहोस्