सर्पको टोकाइबाट २ जनाको मृत्यु

सहयात्रा टिभी

सप्तरी । असोज ६, विषालु सर्पको टोकाइबाट सप्तरीमा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् ।

घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले बताए ।

राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए ।

 

 

 

प्रकाशित : 22 September, 2021

प्रतिक्रिया दिनुहोस्