पाल्पाको रिब्दीकोटमा ‘स्मार्ट टोल’ निर्माण अभियान

सहयात्रा टिभी

काठमाडौं । असोज १०, दुर्गम गाउँका नागरिकलाई नयाँ प्रविधिसँग जोड्दै सेवा प्रभावकारी बनाउन पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले ‘स्मार्ट टोल’ निर्माण गर्ने अभियान चलाएको छ।

इन्टरनेटको माध्यमबाट विकट गाउँका नागरि कलाई गाउँपालिकालगायत सरकारी तथा गैर सर कारी संस्थाबाट प्राप्त गर्न सकिने सेवा सहज बनाउन गाउँपालिकाले स्मार्ट टोल निर्माण गर्ने अभियान थालेको हो । गाउँपालिकाले पालिकाभित्रको दुर्गम गाउँ छाने र आठवटै वडामा स्मार्ट टोल गठन गरेको छ ।

स्मार्ट टोलमा स्मार्ट सूचना केन्द्र पनि स्थापना गरिएको छ । यसबाट विद्युत् महसुल बुझाउने देखि फोटो कपी गर्ने, प्रिन्ट गर्ने, इमेल, स्क्यानिङ गर्ने सुविधा छ । यस्तै गाउँपालिकाले दिने घटना दर्ता सेवा पनि सोही केन्द्रमार्फत हुनेगरेको छ ।

गाउँका योजना सम्झौता र फरफारकमा सहजीकरण, मोबाइल तथा टीभीको रिचार्ज, नागरिकले आफूले गरेका राम्रा कामको प्रचार र अन्य इन्टरनेटबाट पाइने बैङ्किङ सेवा पनि सोही केन्द्रबाट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले जानकारी दिए ।

केन्द्रमा एक स्वयंसेवक राखिएको छ। स्वयंसेवकले केन्द्रमा आएका सेवाग्राहीलाई इन्टरनेटको माध्यमबाट हुने सेवा र अन्य सेवा दिने व्यवस्था गरिएको छ। उक्त केन्द्रका लागि आवश्यक सबै खालका उपकरण र प्रविधिमा गाउँपालिकाले लगानी गरेको छ। यसले गाउँका मानिसलाई दिन बिताएर र खर्च गरेर बजार जानुपर्ने बाध्यता हटेको अध्यक्ष जीसीले बताए ।

केन्द्रबाट दिइएको सुविधाका कारण गाउँका मानिस चार पाँच सय तिरेर हार्थोक बजार, तानसेनलगायतका स्थानमा जान नपरेको उनले बताए । नागरिकको समय र पैसा बचत गर्न र जुनसुकै बेला सेवा पाउन यस्तो कार्यक्रम बनाएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रमका लागि गाउँपालिकाले गत आवमा २५ लाख रुपियाँ र चालू आवमा १२ लाख रुपियाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।

यही कार्यक्रमअन्तर्गत दुर्गम बस्तीका परिवार लाई पाँच हजार देखि १० हजार रुपियाँसम्म अनुदान दिइएको छ। यही अनुदानबाट गाउँपालिका भित्रका विकट वडाका करिब २५० घर परिवारले इन्टरनेट जडान गरिसकेका छन् ।

-गोरखापत्र

प्रकाशित : 26 September, 2021

प्रतिक्रिया दिनुहोस्