बालेरो दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

काठमाडौं । असोज १०, रामेछापमा बोलेरो दुर्घटना हँदा एक जनाका मृत्यु भएको छ ।
सुनापति गाउँपालिका–४ मा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु हुनका साथै चारजना घाइते भएका हुन् ।
मृत्यु हुनेमा सोही गाउँपालिका–३ की ४६ वर्षीया शारदा खत्री रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
काठमाडौंबाट रामेछापको हिलेदेवी जाँदै गरेको प्रदेश ३ ०१ ०२४ च १४४० नम्बरको बोलेरो गाडी हिजो बेलुका करिब ८ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।