युवती बेचेको अभियोगमा एक व्यक्ति पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असोज १२, आखिर कहिले सम्म नारीहरु असुरक्षितमै हिडनु पर्ने हो । २५ बर्ष अघि कलकत्तामा रहेको बेश्यालयमा लगेर एक युवतीलाई बेचेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

२०५३ साल असार ४ गते लक्ष्मी केसी भन्ने लक्ष्मी परियारले ती युवतीलाई सीतापाईलामा भेटेर भारतमा राम्रो काम लगाइदिने र जीवन सुखमय हुने भन्दै उनलाई भारत लगेको थियो ।

परिवारले ती युवतीलाई सोही दिन एक पुरुषको जिम्मा लगाएर छोडेपछि ती पुरुषले उनलाई बिसालबजार नजिकै रहेको एक होटलमा दुई दिन राखेर कलंकीबाट मुग्लिन हुदै काकडभिट्टाबाट कलकत्ता पु(याएर बेश्यालयमा बेचेका थिए ।

सो समुहले ती नाम नखुलाईएकी युवतीलाई ३० हजार भारतीय रुपियामा बिक्रि गरी नेपाल फकिएका थिए ।पीडित युवती बेश्यालयमा बस्ने क्रममा बिरामी परेपछि अस्पताल जाने बहानामा भए भारतीय नागरिकको सहयोगमा कलकत्तास्थित नेपाली नियोगको सम्पर्कमा पुग्न सफल भएकी थिईन । उनलाई नेपाली नियोगले नेपाल फर्कादिएको थियो ।

२०५३ साल साउन ४ गते उनले जिल्ला प्रहरी कार्यालय काठमाडौमा परियार बिरुद्ध किटानी जाहेरी दिएकी थिईन । २५ बर्ष अघिको उक्त घटनाको अनुसन्धानमा जुटेको मानव बेचबिखन अनुसन्धान ब्युरोले ती महिलालाई काडाघारीबाट पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेकी परियारलाई कारवाहीकालागि जिल्ला अदालत काठमाडौबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताईएको छ ।

प्रकाशित : 28 September, 2021

प्रतिक्रिया दिनुहोस्