राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं । असोज १३, राष्ट्रपति विद्या भण्डारीद्धारा तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी छन् ।
बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेकी छन् ।