गुल्मीमा चट्याङ लागेर ९ घाइते

सहयात्रा टिभी

गुल्मी । असोज १४, गत राति गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ लागेर ९ जना घाइते भएका छन् ।

ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ । गाउँपालिका–३ र ४ को बीचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल वर्षाको साथै चट्याङ परेपछि टोलमा भागाभाग भएको थियो ।

भागाभाग कै क्रममा तोरीपाटा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए । घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता नेपालीलाई पाल्पाको प्रभास अस्पतालमा गए राती नै रिफर गरिएको हो ।

 

प्रकाशित : 30 September, 2021

प्रतिक्रिया दिनुहोस्