अझैं सुरु भएन चक्रपथ दोस्रो खण्ड विस्तार कार्य

काठमाडौं । असोज १४, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि रूख कटान, भौतिक संरचना पन्छाउन, खानेपानी पाइपलाइन व्यवस्थापन र विद्युत्, टेलिकमका पोल हटाउन थालेको ३ वर्ष बित्यो । तर अहिलेसम्म पूरा हुन सकेको छैन ।
कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हलनजिकको पुल) सम्मको ११.६ किलोमिटर सडक चीन सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको हो । तर चिनियाँ टोलीले साइट क्लियर नभएसम्म नआउने अडान राखेपछि डिजाइनको काम अघि बढ्न नसकेको बताईएको छ ।
केही स्थानमा विद्युत्का तार र पोल हटाउने काम भइरहेको छ । स्वयम्भूमा भने चैत्य भत्काउन समस्या भएको छ । त्यस्तै बढी समस्या महाराजगन्जको २ सय ६५ मिटर क्षेत्रमा रहेको छ । यो खण्डमा पर्ने १९ घर भत्काइएको छैन ।
चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवाल भने साइटमा कुनै समस्या नरहेको दाबी गर्छन् । रूख कटान भएको लामो समयसम्म पनि विस्तारको काम अघि नबढ्दा योजना नै रोकिएको हो कि भन्ने आशंका सर्वसाधारणमा परेको छ ।