कहिले होला साहस उर्जाको आईपीओ बाँडफाँड

सहयात्रा टिभी

काठमाडौं । असोज १४, साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड कहिले होला भन्ने सबै लगानीकर्ताको चासोको विषय बनेको छ ।

आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार हालसम्म आईपीओमा प्राप्त भएको आवेदनहरूको भेरिफाई गर्ने कार्य भइरहेको छ । भेरिफिकेशनको काम सम्पन्न भएपछि आउँदो आइतबार सोमबारतिर बाँडफाँड गरिनेछ ।

 

प्रकाशित : 30 September, 2021

प्रतिक्रिया दिनुहोस्