टेनिस खेलाडी सेरेनाले जन्माइन् छोरी
सहयात्रा टिभी
एजेन्सी । टेनिस खेलाडी सेरेना विलियम्सले छोरीलाई जन्म दिएकी छन् । सेरेनाले फ्लोरिडाको एक अस्पतालमा छोरी जन्माएको अमेकिरी सञ्चारमाध्यमले जनाएका छन् ।
सेरेनालाई उनका प्रेमी रेड्डिटका को–फाउन्डर एलेक्सिस ओहानियनले गएको बुधबार अस्पताल भर्ना गरेका थिए । २३ वटा ग्राण्डसलाम उपाधि जितेकी सेरेनाले गएको महिना आफू चाँडै नै टेनिसमा फर्किने तयरीमा रहेको बताएकी थिइन् ।