राष्ट्रपति भण्डारी चन्द्रगिरिमा

सहयात्रा टिभी

काठमाडौं । असोज १९, राष्ट्रपति भण्डारी ‘रिफ्रेसमेन्ट’का लागि चन्द्रागिरी हिल्स पुगेकी छन् । सोमवार राति चन्द्रागिरीमै बसेको र आज शीतल निवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

कुनै कार्यक्रम नभए पनि चन्द्रागिरी केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँको अवलकोन गरेको चन्द्रागिरी व्यवस्थापनले जनाएको छ । सोमवार साँझ राष्ट्रपति चन्द्रागिरी रिसोर्टमै बसेको बताइएको छ ।

केबलकार चढेर चन्द्रगिरि पुग्नु भएको राष्ट्रपतिलाई केबलकार स्टेशनदेखि चन्द्रागिरिको माथिल्लो क्षेत्रको अवलोकनका लागि माइक्रो चढाएर लगिएको थियो ।

सर्वसाधारणको सवारी आवागमनमा असर पर्न नदिन राष्ट्रपतिले कुनै कारगेड बिना नै चन्द्रागिरी जाने व्यवस्था मिलाउन निर्देशन दिएको शीतल निवास स्रोतले जनाएको छ ।

प्रकाशित : 5 October, 2021

प्रतिक्रिया दिनुहोस्