यो वर्षको दशैंमा तलेजुमा सामान्य पूजाआजा मात्र गरिने

सहयात्रा टिभी

भक्तपुर । असोज १९, भक्तपुर दरबार क्षेत्रमा रहेको तलेजुमा यसवर्षको दशैंमा सामान्‍य पूजा मात्र गरिने भएको छ ।

त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजका पुजारीहरुको उपस्थितिमा यस वर्षको दशैंमा तलेजुभित्र सामान्‍य पूजा मात्र हुने नगर प्रमुख सुनिल प्रजापतिले जनाए।

बैठकले घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरुलगायत धार्मिक स्थलहरुमा हुने मेला, पूजा र नवरातहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी कोभिड–१९ रोगको संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरबासीहरुलाई आह्वान समेत गरेको बताईएको छ ।

 

प्रकाशित : 5 October, 2021

प्रतिक्रिया दिनुहोस्