सेयर बजारमा दोहोरो अंकको सुधार

सहयात्रा टिभी

काठमाडौं । असोज २०, सेयर बजारमा बुधबार पनि दोहोरो अंकको सुधार आएको छ ।

नेप्से ६८ अंकले बढेसँगै परिसूचक २६ सय ८१ पुगेको छ । कारोबार रकम भने साढे चार अर्बमा सीमित रह्यो ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १२ अंकको सुधार आउँदा ५ सय ४ विन्दुमा पुगेको छ ।

सबै उपसूचक हरियो रहँदा सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीमा ४ सय ६ अंकले उकालो लागेको छ ।

यस्तै उत्पादन २ सय ४३, विकास बैकं २ सय २४, वित्त समूहमा १ सय ४३ अंकले वृद्धि भएको छ भने जलविद्युत् ९२, व्यापार ६३, अन्य ३१, होटल तथा पर्यटन समुहमा २८ र वाणिज्य बैंक समुहमा २३ अंकको सुधार आएको छ ।

 

 

 

प्रकाशित : 6 October, 2021

प्रतिक्रिया दिनुहोस्