दरबारमार्गको आइक्लबमा ‘दशैं आयो स्टाइल आइकन फेशन शो’

काठमाडौं । असोज २२, इभेन्ट बेटर ग्यालेक्सीको व्यवस्थापनमा राजधानीमा भएको ‘दशैं आयो स्टाइल आइकन फेशन शो’ आयोजना गरिएको छ ।
दरबारमार्गको आइक्लब डिस्कोथेकमा दशैंको अवसरमा आयोजना गरिएको कार्यक्रममा धिरज तण्डुकारको कोरियोग्राफीमा मोडलहरुले र्याम्प नापेका थिए ।
श्रीजा खरेल, पूर्णिमा प्रजापति, गीताञ्जली बलायर, निर्मला धिताल, नेहा यादव, रोजिन लामिछाने, सोनिया विश्वकर्मा, आस्ना श्रेष्ठ र नितु सुनवार जस्ता मोडलहरु शोमा वक गरेका थिए भने रोमिसा महर्जन, अनु महर्जन, सनिषा शाक्य, अनुन श्रेष्ठ, सुस्मिता तामाङ, दिक्षा खड्गी, सदिक्षा अर्याल, बिनी केसी र लक्ष्मी घलानको मेकअपमा शोमा उपस्थित भएका थिए ।