मासुको मुल्य एक वर्षका लागि तोकियो

काठमाडौं । असोज २२, मासु व्यवसायीहरुले खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् ।
उपत्यकामा एक वर्षका लागि सरकार र व्यवसायीहरुबीचको आपसी सहमतिमा विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो ।
आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित रोजाइ ९ग्राहकले रोजेअनुसार०को मूल्य एक हजार ३०० निर्धारण गरिएको हो । यस्तै, कुखुराको मासु प्रतिकिलो ३००,राँगा र बङ्गुरको मासु पाँचरपाँच सय रूपैयाँ तोकिएको छ ।
यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो ।