आइपीओ बाँडफाँटः बुद्धभूमि
काठमाडौं । असोज २४, बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।
कुल २० लाख ३० हजार ५५५ आवेदकमध्ये गोलाप्रथाबाट ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । १६ हजार ३३ जनाको आवेदन रद्द भएको छ ।
सर्वसाधारणबाट माग भएको कित्ताभन्दा ८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता सेयर खरिदको माग परेको थियो ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको आयोजना स्थल नुवाकोट जिल्लाका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्याएको आफ्नो जारी पुँजी ४० करोडमध्ये ३० प्रतिशत अर्थात १२ करोड रकम बराबर प्रति सेयर १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता सेयर नुवाकोट जिल्लाका स्थानीय बासिन्दाको लागि निष्काशन गरिएको र बाँकी रहेको बताइएको छ ।