सेयर बजार दोहोरो अंकले घट्यो
काठमाडौं । कार्तिक १, दसैँपछि कारोबार सुरु भएको दोस्रो दिन आज सोमबार सेयर बजार ओरालो लागेको छ।
सेयर बजार आज ६९ दशमलब ५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ५ सय ८७ दशमलब ४५ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्से ले जनाएको छ। २ दशमलब ६२ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ५ सय ८७ दशमलब ४५ विन्दुमा पुगेको हो।
त्यसै गरी आइतबार १७ दशमलब ५९ अंकले बढेको सेयर बजार सोमबार ओरालो लागेको हो। आज ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सयेर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा कारोबार भएको छ।
सेयर बजार घटे पनि आइतबारको तुलनामा आज कारोबार रकम भने बढेको छ। हिजो १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज ट्रेडिङ बाहेक अन्य समूह घटेका छन्। ट्रेडिङ उप–समूह दशमलब ६३ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै फाइनान्स उप–समूह ४ दशमलब २६ प्रतिशतले घटेको छ।