खेतमा बिग्रेर टुसाएको धानबाली

कैलाली । कात्तिक ८, ‘राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो,’ केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेका आग्रह हो ।
आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्बीर देखाउँदै उनले दुःखेसो गरे, ‘यस्तो नसोचेको विपत्ति पहिलो पटक अनुभव भयो, धानबाली नष्ट हुँदा धेरै किसानमा यसपाली भोकमरी हुने देखियो।
दक्षिण पूर्वी उक्त गाउँपालिकामा रहेको छ बिघा खेतमा काटेर सुकाइएको धान भित्र्याउन नपाउँदै भएको वर्षाले बाली भिजेर टुसाएपछि उनी यतिबेला राहतको खोजीमा छन्। कैलालीको गोदावरी गाउँपालिकाका किसान भोजराज बडूको डुबानमा परेको दश कठ्ठाखेतको पूरै धानबाली पनि टुसाएको छ।
केही दिनअघिको अविरल वर्षासँगै भएको डुबानका कारण प्रदेशमा धानबालीमा पुगेको क्षतिपछि किसान चिन्तित हुँदै राहतको पर्खाइमा छन्। प्रदेशमा झण्डै २५ हजार हेक्टर जग्गाको धानबाली नष्ट भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुमान छ।
‘बालीमा क्षति पुगेका किसानलाई प्रति बिघा रु आठ हजारका दरले राहतबापत् नगद दिन सकिने मापदण्ड मन्त्रालयको छ। अहिले पुगेको क्षतिको मात्राको अवस्थालाई मध्यनजर गरी यो मापदण्ड हेरफेर हुनसक्ने बताइएको छ। प्रभावित किसानलाई राहत के कति दिने, कसरी दिने भन्ने विषयमा मन्त्रालयले तयारी गरिरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित क्षेत्रमा केही दिनअघि क्षतिको स्थलगत निरीक्षण अवलोकनपछि भने पीडामा बसेका जनतालाई केही आशा पलाएको छ। ‘प्रधानमन्त्रीको भ्रमणपछि पीडित किसानमा राहत पाउने आसा पलाएको छ’