उत्पादन तथा नवप्रवर्द्धनका सोच राख्ने युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध

सहयात्रा टिभी

स्याङ्जा । कात्तिक ११, कोरोना महामारीबाट प्रभावित युवालाई उद्यमी बनाउने उद्देश्यसाथ स्याङ्जाको वालिङ नगरपालिकाले जनही ५० हजार रुपैयाँ अनुदान वितरण गरेको छ । उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रूपमा अनुदान दिइएको हो ।

यूएनडीपी र नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको कोभिड १९ उद्धार कोषबाट २० जनालाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ । विदेश वा स्वदेशमै कोरोनाका कारण प्रभावित वालिङवासीलाई उद्यमशीलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले सहयोग गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

व्यवसाय वा उद्यम गर्न चाहनेले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाएका छौं खाँणले भने, ‘कोषको आकार सानो छ । आगामी दिनमा कोष वृद्धि गर्दै जाने र अझै धेरैलाई समेट्दै जाने तयारीमा छौं ।

 

प्रकाशित : 28 October, 2021

प्रतिक्रिया दिनुहोस्