फिदिममा प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरी नष्ट

काठमाडौँ । कात्तिक १६, सदरमुकाम फिदिम स्थित एउटा पसलमा पटाका बिक्री भइरहेको सूचनाका आधारमा ११ हजार ८८ थान पटाका बरामद गरी मङ्गलवार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलीले सुतली पटाका बरामद गरेको हो ।