लाखौं मूल्यका पटाका नष्टःपर्सा

काठमाडौं । कार्तिक १७, प्रहरीले सूचनाको आधारमा पटाका बरामद गरेको थियो । आकाशमा पड्किने पटाका, जगमग, खुर्सानी, झिरझिरे, अनार लगायत नाम गरेका पटाकाहरू बरामद गरेर नष्ट गरिएको छ ।
भारतको विहारसँग जोडिएको जिल्लाका नाकाहरूबाटै ठूलो परिणाममा अवैध पटाका भित्रिने गरेका छन्। विहारमा भने पटाका खुलेआम किनबेच हुन्छ । पटाका नेपाल भित्राएबापत कारोबारी र तस्करलाई सय प्रतिशतसम्म नाफा हुन्छ । यो समयमा कारोबारी र तस्करीले अन्य धन्दा छाडेर प्रतिबन्धित पटाका भित्र्याउन लागि पर्ने गरेको स्रोतको दाबी छ ।