देउसी भैलो खेल्ने संस्कृतिले एकतालाई बढाउछः राष्ट्रपति भण्डारी

काठमाडौँ । १८ कार्तिक , राष्ट्रपति विद्यादेवी भण्डारीले देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउने बताएकी छन्। तिहारको अवसरमा देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउँदछ।’
जारी शुभकामना सन्देशमा भनिएको छ, ‘देउसी–भैलोको दक्षिणाबाट संकलित रकमबाट विद्यालय, चौतारा, धारा, पाटी‚पौवाको निर्माण तथा मर्मत सम्भार जस्ता सामुदायिक हितका रचनात्मक कार्य गर्ने असल परम्परा समेत तिहार पर्वसँग जोडिएका छन्। हाम्रा चाडपर्वहरूसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई हामीले जगेर्ना गर्नु पर्दछ भन्ने मलाई लाग्दछ।