लार्फागाउँमा खानेपानीको अभाव

काठमाडौं । कार्तिक २१, पानी दोस्रो धनी देश नेपाल भएता पनि कति ठाउहरुमा पानीको अभाव देखिन्छ । पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीको धेरै अभाव छ । यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन् ।
त्यस्तै गरी सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने र दिनहुँजसो झगडा हुने यस्तै, पनि एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नु पर्ने अवस्था छ ।
गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि भने काम गरिरहेको बताएका छन् । अबको १५ दिनमा लार्फाका सबै नागरिकको घरघरमा धारा हुने भएको त्याहाका बासिन्दा बताउछन । कर्णालीका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेका छन् ।