सेयर बजार ओरालो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २३,  नेप्से परिसूचक ७९ अंकले घटेर २७ सय ४९.८५ विन्दुमा अडेको छ।  ठूला कम्पनीको कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले घटेको छ।

यसदिन सेन्सेटिभ इण्डेक्स १६.०२ अंकले घटेर ५१२.८२ विन्दुमा झरेको हो। यसदिन कारोबारमा आएका २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर ६ अर्ब ५२ करोड ७७ लाख मूल्य बराबरमा खरिदबिक्री भयो। सोमबारको तुलनामा मंगलबार नेप्से घटेपनि सेयर कारोबार रकम भने बढेको छ।

सोमबार २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर ४ अर्ब ४२ करोड ७ लाख बराबर मूल्यमा खरिद बिक्री भएको थियो। यसदिन १३ वटै समूहको सेयर मूल्य ओरालो लागेको छ। विकास बैंक र वित्त समूहको परिसूचक सर्वाधिक घटेको छ।

सो समूहको सेयर मूल्य क्रमश ५.२३ र ५.२९ प्रतिशतले घटेको हो। यस्तै, तीन समूहको परिसूचक ४ प्रतिशत बढीले ओरालो लागेको छ। निर्जीव विमा, जलविद्युत, होटल तथा पर्यटकको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घट्दा बाँकी अन्य समूहको २ प्रतिशत बढीले घटेको हो।

यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। तेह्रथुम पावर कम्पनी, मानुसी लघुवित्त वित्तीय संस्था र साहस उर्जाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको २९ करोड ८२ लाख रुपैयाँभन्दा बढीमा सेयर खरिदबिक्री भयो।

प्रकाशित : 9 November, 2021

प्रतिक्रिया दिनुहोस्