सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

सहयात्रा टिभी

काठमाडौँ । २५ कात्तिक, सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।

सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वाेच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।

कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् । – न्युज कारखाना

प्रकाशित : 11 November, 2021

प्रतिक्रिया दिनुहोस्