तास खेलेकै ठाउमा पाँच जना पक्राउ

काठमाडौँ । कार्तिक २९, गोकर्णेश्वरमा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउमा परेका छन ।
जोरपाटी बेसीगाँउस्थित मिना कुमारी श्रेष्ठको टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा डेरा गरी बस्ने सोलुखुम्बु घर भएका २६ टासी शेर्पा लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरामा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।